‘नांगो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत सार्वजनिक

हिमाल प्रेस २० भदौ २०८० १२:२५
16
SHARES
‘नांगो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म नांगो गाउँको ‘सुन सुन सुन्दरी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा अन्जु पन्त र एसडी योगीले स्वर दिएका छन्। सुस्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका कलाकार दयाहाङ राई र मिरुना मगरले अभिनय गरेका छन्।

चित्लाङमा छायांकन गरिएको फिल्मको यसअघि टिजर, ट्रेलर र एक गीत सार्वजनिक भइसकेको छ। दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म जय श्रेष्ठ निर्माण गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म आलोक शुक्लाले छायांकन गरेका छन्।

फिल्म कमेडी, पारिवारिक र राजनीतिक विषयवस्तुमा बनेको छ। फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन्।

फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, सविन बास्तोला लगायतको अभिनय छ।

फिल्म भदौ २९ गते देशभर प्रदर्शन हुनेछ।

 

प्रकाशित: २० भदौ २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =