‘नांगो गाउँ’को पोस्टर सार्वजनिक

हिमाल प्रेस २८ असार २०८० १६:१५
14
SHARES
‘नांगो गाउँ’को पोस्टर सार्वजनिक

काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा दयाहाङ राई, मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकार देखिएका छन्।

राजनीतिक पृष्ठभूमिमा तयार पारिएको पोस्टर निर्देशक लामाले सामाजिक सञ्जालमा सेयर गर्दै फिल्म दुई महिनापछि प्रदर्शनमा आउने बताएका छन्। अर्थात् फिल्म भदौ २९ मा रिलिज हुनेछ। ‘नेपाली समाजको एउटा मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेका छौँ,’ लामाले लेखेका छन्, ‘सिनेमाले दर्शकलाई सन्तुष्टि दिनेछ।’

केही समयअघि फिल्मका अमेरिका तथा क्यानडामा चार सयभन्दा बढी शो हुने जानकारी लामाले दिएका थिए। अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० भन्दा बढी शहरमा प्रदर्शन हुने उनले बताएका थिए। त्यस्तै ‘नांगो गाउँ’ को अस्ट्रेलिया तथा न्युजिल्यान्डमा फिल्म प्रदर्शन अधिकार बिक्री भएको छ। अस्ट्रेलियाको अधिकार एमएसएम इन्टरटेनमेन्ट्सले खरिद गरेको छ।

लामाको निर्देशन रहेको पछिल्लो फिल्म ‘दुई नम्बरी’ सुपरहिट भएको थियो। ‘नांगो गाउँ’ उनको पाँचौँ फिल्म हुनेछ। यसअघि ‘गोपी’, ‘घामपानी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेका छन्।

प्रकाशित: २८ असार २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =