अमेरिका तथा क्यानडामा ‘नांगो गाउँ’को चार सय बढी शो हुने

हिमाल प्रेस १८ जेठ २०८० १५:३०
4
SHARES
अमेरिका तथा क्यानडामा ‘नांगो गाउँ’को चार सय बढी शो हुने

काठमाडौँ- आगामी भदौ २९ गते प्रदर्शन हुने फिल्म ‘नांगो गाउँ’ अमेरिका तथा क्यानडामा चार सयभन्दा बढी शो हुने भएको छ। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिका तथा क्यानडामा चार सयभन्दा बढी शो हुने जानकारी दिएका हुन्।

फिल्मको अमेरिका तथा क्यानडा राइट्स नेपाल इलेभेन इन्टरटेन्मेन्टले खरिद गरेको निर्देशक लामाले बताएका छन्। फिल्म अमेरिका र क्यानडासहित २२ भन्दा बढी राज्यका ५० भन्दा बढी शहरमा प्रदर्शन हुने निर्देशक लामाले बताएका छन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङदेललगायत कलाकारहरूको अभिनय छ। हिमाल शर्माको प्रस्तुति र जय श्रेष्ठको लगानीमा निर्माण भएको फिल्म आलोक शुक्लाले छायांकन गरेका छन्।

प्रकाशित: १८ जेठ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =