नयाँ वर्षमा ‘उपहार’

हिमाल प्रेस १९ भदौ २०८० १४:५२
10
SHARES
नयाँ वर्षमा ‘उपहार’

काठमाडौँ- रेखा थापा निर्मित फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ नयाँ वर्षमा प्रर्दशन गरिने भएको छ। फिल्म छायांकनकै क्रममा निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। निर्माण टिमका अनुसार हालसम्म फिल्मको २० प्रतिशत फिल्म छायांकन भएको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्म सुलक्षण भारतीयले लेखेका छन्।

फिल्ममा कलाकार रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय रहनेछ। फिल्म रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भइरहेको छ। विष्णु कल्पितले छायांकन गरिरहेको फिल्म देव गुरुङको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ।

नयाँ वर्षमै रामबाबु गुरुङको निर्देशन गर्ने ‘डिग्री माइला’ र लक्ष्मण रिजालको निर्देशनमा बन्ने ‘काजी’ फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन्।

प्रकाशित: १९ भदौ २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =