प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

हिमाल प्रेस १५ भदौ २०८० १८:५७
68
SHARES
प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्ष पदमा निर्वाचित भएका छन्। आज शुक्रबार भएको अधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले चितवन क्रिकेट संघका प्रतिनिधि उमेश पियालाई  ९ भोटले पराजित गरे।  कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरे। पारसको पुरै प्यानल नै विजयी भएको छ।

उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री विजयी भएका छन्। उनले रुपक रञ्जितलाई पराजित गरे। प्रेमले २३ र रुपकले १४ भोट प्राप्त गरे। त्यस्तै सचिवमा प्रशन्न शाक्य विजयी भएका छन्। प्रशन्नले २३ र प्रज्वल सापकोटाले १४ मत प्राप्त गरे। कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन्। सन्जयले २३ र विजय बोहोरा १४ भोट प्राप्त गरे।

सदस्यहरू अजय विर पाण्डे(२३), अनिल अधिकारी, (२३), सन्जोग पोखरेल(२३), सुजन महर्जन(२३), नीराराजोपाध्याय(निर्विरोध), धिरज श्रेष्ठ(२३), शेखर श्रेष्ठ (२३), वसन्तराज सत्याल,(२३) र अनुपमान श्रेष्ठ (१६) मत ल्याएर विजयी भएका छन्।

बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले एक साताअघि पारसलाई समर्थन गर्ने बताएका थिए। चितवन र नुवाकोट भने पारसको विपक्षीमा लड्ने जनाएका थिए।

काठमाडौँ क्यानमा सदस्य निर्वाचित भएको केही दिनमै उनी प्रदेशको अध्यक्ष निर्वाचित भएका हुन्। उनी केन्द्रीय पदाधिकारीमा निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ।

प्रकाशित: १५ भदौ २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =