
काठमाडौँ- फिल्म ‘एक भगवत् गीता’को गीत ‘मायालाई चिनो’ सार्वजनिक भएको छ। भदौ २९ मा प्रदर्शनमा आउने फिल्ममा सुहाना थापा र धीरज मगर मुख्य भूमिकामा छन्।
गीतमा यिनै दुई कलाकारलाई देख्न सकिन्छ। गीतको भिडियोमा उनीहरूको प्रेमकथा छ। जसमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथा छ। शंकर अधिकारी घायलको शब्द रहेको गीतमा स्वर, संगीत बाबुल गिरीको रहेको छ।
गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। फिल्ममा धीरज र सुहानाबाहेक विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ।
झरना थापाको निर्देशन रहेको फिल्मका निर्माता सुनिल थापा हुन्। झरनासहित फिल्ममा सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा छ। फिल्म राजेश श्रेष्ठको छायांकन र मित्र डी गुरुङको सम्पादनमा बनेको छ।