नेकपा एसको पोलिटब्युरो बैठक भोलिदेखि, ६ गतेदेखि केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस २ भदौ २०८० १८:३२
नेकपा एसको पोलिटब्युरो बैठक भोलिदेखि, ६ गतेदेखि केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट सुरु हुने भएको छ। शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य अजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले जानकारी दिए।

‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरु गरिरहेका छौँ। भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रीय पोलिटब्युरो बैठक बस्दैछ। ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ,’ खतिवडाले भने, ‘यसका एजेण्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौँ। भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ।’

एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।

प्रकाशित: २ भदौ २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =