‘पशुपति प्रसाद २-भष्मे डन’को पोस्टर सार्वजनिक

हिमाल प्रेस १ भदौ २०८० १३:४८
6
SHARES
‘पशुपति प्रसाद २-भष्मे डन’को पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद २-भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फेसबुकमार्फत फिल्मको दुई पोस्टर सार्वजनिक गरेका छन्।

एक पोस्टरमा फिल्मका चर्चित पात्र ‘भष्मे डन’ अर्थात् बिपिन कार्की देखिएका छन्। भने अर्को पोस्टरमा विपिनसहित स्वस्तिमा कार्की, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँलगायत नौ जना कलाकार अटाएका छन्। फिल्म आगामी दशैँमा प्रदर्शन गरिने बताइएको छ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्मका निर्माता खगेन्द्र लामिछाने हुन्। कृष्ण थापाको छायांकन र दीर्घ खड्काले सम्पादन गरेको फिल्म टुकी आर्ट्सको ब्यानरमा बनेको छ।

नेपालसहित विश्वव्यापी एकसाथ प्रदर्शन हुने फिल्म अमेरिकामा करिब बाह्र सयसम्मको सो हुने बताइएको छ। मध्य पूर्वका देशहरूमा करिब साढे सात सय सो, बेलायत र अस्ट्रेलियामा पाँचपाँच सय सो, क्यानडामा एक सय ५० सो, जापानमा एक सय सो, युरोपका विभिन्न देशमा ५० सो र भारत, कोरिया, मलेसिया, इराक र हङकङमा एकसाथ प्रदर्शन हुनेछ।

यो फिल्म सात वर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’को सिक्वेल हो।

प्रकाशित: १ भदौ २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =