सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग परामर्श गर्दै सभामुख

हिमाल प्रेस १ भदौ २०८० ८:५१
2
SHARE
सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग परामर्श गर्दै सभामुख फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन्।

घिमिरेले बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन्।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन्।

सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेर एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: १ भदौ २०८० ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =