गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

हिमाल प्रेस २६ साउन २०८० १२:५२
20
SHARES
गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

धनगढी- गर्भपतन गराउने औषधि खाँदा कैलालीमा एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको गर्भपतन गराउने औषधि खाँदा अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धनगढीको अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको बिहीबार मृत्यु भएको जनाएका हुन्।

प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताएका छन्।

औषधी सञ्चालकको वैधानिकतालगायतका विषयमा पिडितले कुरा उठाएको चन्दले बताए।

औषधि खादाँ रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो।

मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन्। घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तहरूले भने दोषीलाई कारबाहीको माग गर्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन्। उनीहरुले प्रहरी अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका छन्।

प्रकाशित: २६ साउन २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =