आपत्ति जनाउँदै प्रधानमन्त्रीले भने : शिक्षासम्बन्धी विधेयक फेरिएर आएछ

हिमाल प्रेस २५ साउन २०८० १८:४८
464
SHARES
आपत्ति जनाउँदै प्रधानमन्त्रीले भने : शिक्षासम्बन्धी विधेयक फेरिएर आएछ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदाका विषयवस्तु परिवर्तन भएको भन्दै असन्तुष्टि जनाएका छन्। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘शिक्षासम्बन्धी विधेयकको मस्यौदा सुरुमा जस्तो थियो, फर्केर आउँदा त्यो त कैयौँ विषयवस्तु त उल्टो खालको भएर झन् नेगेटिभ भएर आयो। हामीले सदनमा पठाउन खोजेको ऐनलाई पनि रोक्यौँ। त्यसलाई त सुधार नगरेर पठाउनु हुँदैन भन्यौँ,’  उनले भने, ‘हामी त्यसको खोजीमा छौं। कसले यसो गर्‍यो र कहाँबाट कुन ठाउँबाट यस्तो भयो भन्ने कुरा।’

उनले बजारमा र मिडियामा गलत हो भनेर आउने स्थिति कसरी बन्यो भन्नेबारे खोजी भइरहेको बताए। ‘अर्कोतिर हामीले राम्रोसँग हेर्न पाएकै छैनौँ, बजारमा र मिडियामा त यो गलत हो भनेर आउने स्थिति कसरी बन्यो?’ उनले भने, ‘या त त्यो विषयमा कि त पार्टनरहरूको पहिले नै सल्लाह गरेर राय सल्लाह लिने हुनुपर्‍यो।’

उनले टुंगिएको विषय सरकारको हातभन्दा बजारमा कसरी पुग्यो भन्दै प्रश्न गरे। उनले वन ऐन संशोधनका क्रममा पनि झन् नकारात्मक भएर आएको बताए।

प्रकाशित: २५ साउन २०८० १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =