अनाथ छात्रालाई सांसद तामाङको सहयोग

हिमाल प्रेस २४ साउन २०८० १७:०९
10
SHARES
अनाथ छात्रालाई सांसद तामाङको सहयोग

काठमाडौँ- सांसद कृष्णकुमार तामाङ (समीर) ले मेलम्ची नगरपालिका–११ मेलम्ची बजारनिवासी सुजाता दुलाललाई कक्षा ११ र १२ का लाग्ने सबै खर्च व्यहोरेका छन्।  सिन्धुपाल्चोक–२ प्रदेशसभा ख बाट निर्वाचित कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचिव तामाङले छात्रा दुलाललाई काठमाडौँको हाँडीगाउँस्थित सान इन्टरनेसनल कलेजमा भर्ना गरिदिएका हुन्।

सुजाताका पिता गुरुप्रसादको गत वैशाख नौ गते निधन भएको थियो। पिता गुमाएकी सुजाताको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले ११ र १२ का लागि लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोरेको सांसद तामाङले बताए।

यसमा नेपाली कांग्रेस मेलम्ची नगरपालिका एकाइका पूर्वसभापति मधुसूदन सिग्देलले सहजीकरण गरेका थिए। सांसद तामाङले कलेजमै पुगेर छात्रा सुजाताका लागि आगामी दुई वर्षसम्म अध्ययन गर्न लाग्ने कलेजको मासिक शुल्कलगायतका खर्च तिरिदिएका छन्। तामाङले ड्रेस, स्टेसनरीलगायतका सामग्री सुजातालाई हस्तान्तरण गरेको सिग्देलले जानकारी दिए।

प्रकाशित: २४ साउन २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =