विषालु च्याउ खाँदा १२ जना बिरामी

हिमाल प्रेस २४ साउन २०८० ११:५८
8
SHARES
विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटी- डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्।

आदर्श गाउँपालिका-२ कारङेमा मंगलबार विषालु च्याउ खाएर उनीहरू बिरामी भएका हुन्।

दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए।

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका-९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन्।

बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक जोशीले बताए।

प्रकाशित: २४ साउन २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =