सादा पोसाकमा बसेर मोटरसाइकल जाँच गर्ने प्रहरीमाथि हातपात

हिमाल प्रेस २४ साउन २०८० ८:४६
2.4k
SHARES
सादा पोसाकमा बसेर मोटरसाइकल जाँच गर्ने प्रहरीमाथि हातपात

काठमाडौँ- नेपाल प्रहरीका एक जवानमाथि हातपात भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले हालै गठन गरेको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का प्रहरी जवान रञ्जित साउटमाथि स्थानीय युवाहरूको समूहले हातपात गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ को टाउके बजारमा सादा पोसाकमा बसेर मोटरसाइकल चेक गर्न थालेपछि उनीमाथि हातपात भएको बताइएको छ।

साउदले मदिरा पिएर सादा पोशाकमा मोटरसाइकल चेक गर्दै लाइसेन्स, ब्लुकसहितका कागजात मागेपछि विवाद भएको बताइएको छ।

पुनर्वास नगरपालिका-११ वडाअध्यक्ष तुलसी अर्यालले प्रहरीले चेकजाँचको नाममा दुख दिएको गुनासो युवाहरूले गरेको बताए। युवाहरूको समूहले हातपात गर्न थालेपछि प्रहरी जवान साउद भागेका थिए।

प्रकाशित: २४ साउन २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =