नगर प्रहरी र सडक व्यापारीको प्रेमकथा ‘सुस्तरी सुस्तरी’

हिमाल प्रेस २३ साउन २०८० १७:२६
10
SHARES
नगर प्रहरी र सडक व्यापारीको प्रेमकथा ‘सुस्तरी सुस्तरी’

काठमाडौँ- म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। म्युजिकल फिल्म नगरप्रहरी प्रेमी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको प्रेमकथामा आधारित छ।

नगरप्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार र सडक व्यापारीको भूमिकामा अनु थापा छन्। उनीहरूकै प्रेम भिडियोको कथा बनेको छ। यशकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाको पनि अभिनय छ।

म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका छन्। गायक यशकै शब्द र संगीत रहेको गीतमा यश र अनु चौधरीको स्वर छ। यशका ‘गल्ली’, ‘तिम्रो मन बदलिएछ’, ‘हिजो अर्कैसँग देखे’, ‘बिरानो यो मन्दिरमा’लगायत थुप्रै गीत चर्चित छन्।

प्रकाशित: २३ साउन २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =