भदौ १५ देखि भृकुटीमण्डपमा विद्युतीय मेला

हिमाल प्रेस २३ साउन २०८० १६:०४
8
SHARES
भदौ १५ देखि भृकुटीमण्डपमा विद्युतीय मेला

काठमाडौँ– आगामी भदौ १५ गतेदेखि भृकुटीमण्डपमा विद्युतीय सामग्रीको मेला हुने भएको छ। १७ गतेसम्म चल्ने मेलामा विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित सामग्रीका स्टल रहनेछन्। मेलामा भारतीय कम्पनीको समेत सहभागिता रहनेछ।

प्रदर्शनीमा होम अप्लाइन्सेसका सामग्री पनि हुनेछन्। निःशुल्क प्रवेशको व्यवस्था हुने मेलामा विश्व बजारमा भर्खरै सार्वजनिक भएका विद्युतीय उपकरण उपलब्ध हुनेछन्।

प्रकाशित: २३ साउन २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =