विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्रीक‍ो निर्देशन

हिमाल प्रेस २३ साउन २०८० १३:४०
4
SHARES
विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्रीक‍ो निर्देशन फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले उद्दार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन पनि निर्देशन दिएका छन्।

प्रकाशित: २३ साउन २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =