सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन

हिमाल प्रेस २३ साउन २०८० १२:१७
2
SHARE
सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सोमबारदेखि परेको अविरल वर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्‍याएको छ। अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ।

सडक भासिएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ। बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका हुन्।

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ।
अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरूलाई निर्देशन दिएका हुन्।

मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमायास्याङतानको निधन भएकोमा दुख व्यक्त गर्दै सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका हुन्।

प्रकाशित: २३ साउन २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =