मन्त्री ज्वालाको दाबी : उपत्यकाका सडकमा खाल्डाखुल्डी छैनन्

हिमाल प्रेस २ पुष २०८० १३:४५
12
SHARES
मन्त्री ज्वालाको दाबी : उपत्यकाका सडकमा खाल्डाखुल्डी छैनन् प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने दाबी गरेका हुन्।

‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न,’ उनले भने, ‘खानेपानीले समस्या बनाउँछ, विद्युत्‌ले समस्या बनाउँछ। र, पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ। बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ।’

उनले तीन तहकै सरकारले एकापसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणमा पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए। उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए।

प्रकाशित: २ पुष २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =