गोदावरी नदीको बाढीमा परेका ६ जनाको उद्धार

हिमाल प्रेस २३ साउन २०८० ७:२९
10
SHARES
गोदावरी नदीको बाढीमा परेका ६ जनाको उद्धार

धनगढी- कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ। सोमबार राति आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्धार गरिएको हो।

बाढीका कारण फसेकाहरूको ११ बजे राति उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रवीन्द्र सिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली,नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको हो।

नदीमा फसेकामा ५ जना पुरुष र १ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यसैगरी, सशस्त्र प्रहरी बलले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका २ महिलाको पनि उद्धार गरेको छ।

हिजो राति शुक्लाफाँटा नगरपालिका ७ स्थित कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको हो।

दुवैजनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको थियो। नदीको टापुबाट गरेपछि निजहरुलाई आफन्तको जिम्मा लगाइएको रावलले जानकारी दिए।

प्रकाशित: २३ साउन २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =