नागढुङ्गा–सिस्नेखोला सहायक सुरुङमार्गको ‘ब्रेक थ्रु’ [फोटो फिचर]

हिमाल प्रेस २२ साउन २०८० १८:२९
8
SHARES
नागढुङ्गा–सिस्नेखोला सहायक सुरुङमार्गको ‘ब्रेक थ्रु’ [फोटो फिचर]

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोलाको सहायक सुरुङमार्ग (इभ्याकुएसन टनेल) ‘ब्रेक थ्रु’ भएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा उदरमा प्रयोग हुने उक्त सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको हो।

नागढुंगा–सिस्नेखोलामा ९ मिटर चौडाइको मुख्य सुरुङ र ४ मिटर चौडाइको सहायक सुरुङमार्ग समानान्तर रूपमा बनाइँदै छ। दुवै सुरुङमार्ग बीचबीचमा जोडिएको छ।
मुख्य सुरुङमार्ग खन्न करिब ३५० मिटर बाँकी रहेको छ। एक वर्षभित्रमा सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको आयोजना कार्यलयले मन्त्रीसमक्ष ‘ब्रिफिङ’ गरेको छ। सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ।

२०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरिएको थियो। सुरुङमार्ग निर्माणको लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जसमा जापान सरकारले १६ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ।

तस्बिरहरू : रासस

प्रकाशित: २२ साउन २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =