उत्तराखण्ड पहिरो : बेपत्ताकाे खाेजी गर्न कुकुर परिचालन

हिमाल प्रेस २२ साउन २०८० १५:४८
10
SHARES
उत्तराखण्ड पहिरो : बेपत्ताकाे खाेजी गर्न कुकुर परिचालन रुद्रप्रयाग जिल्लाको मन्दाकिनी नदीमा बेपत्ताको खोजीमा खटिएका उद्धारकर्ता। तस्बिर साभार : जागरण

महेन्द्रनगर- गत शुक्रबार भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजीकार्यलाई निरन्तरता दिइएकाे छ। पहिराेमा नेपालीले चलाएकाे हाेटेलबगेकाे थियाे। साथै कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो।

कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए। ‘एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ,’ उनले भने, ‘खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ।’

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तिव्ररूपमा भइरहेको बताए। लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेका छन्। सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जिविका चलाउँदै आएका छन्। रासस

प्रकाशित: २२ साउन २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =