अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा दुई नेपाली युवा तेस्रो स्थानमा

हिमाल प्रेस १८ साउन २०८० १८:१३
अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा दुई नेपाली युवा तेस्रो स्थानमा

काठमाडौँ- ग्रीसको भोलसमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा दुई नेपाली युवाले तेस्रो स्थान प्राप्त गरेका छन्। गत जुलाइ २४ देखि अगस्ट २ तारिखसम्म चलेको ओलम्पियाडमा नेपालका तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान प्राप्त गरेका हुन्।

यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै पाएका थिए। त्यतिबेला ४२ ‍देशको सहभागिता रहेको थियो। अहिले नेपालसहित ४८ देशका विद्यार्थीको सहभागिता थियो।

प्रतियोगिताको विजेता क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिन बने। नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो।

जसमध्ये पाचॅं उत्कृष्ट प्रतिस्पर्धीहरू अनुभव ढुंगाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयंक शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए। तीमध्ये हमाल र चटौतले तेस्रो स्थान प्राप्त गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक एवं टिम लिडर दिपक भण्डारीले जानकारी दिए।

प्रकाशित: १८ साउन २०८० १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =