काठमाडौँ– नेपालका लागि सेगवेको आधिकारिक विक्रेता आइहब प्रालिले शून्य प्रतिशत ब्याजदरसहितको फाइनान्सिङ सुविधा ल्याएको छ।
कम्पनीले सेगवेका स्कुटर खरिदकर्तालाई ५ लाख रुपैयाँसम्मको कर्जा शून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराउने छ।
सेगवेका स्कुटरमा १८ महिनासम्मको किस्ताबन्दी योजना रहेको छ। जसमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक र तपाईंको बजारले वित्तीय सहकार्य गर्नेछन्।
यसका साथै कम्पनीले प्रत्येक स्कुटरको खरिदमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भारजस्ता सुविधा पनि दिने जानकारी गराएको छ।
प्रकाशित: १८ साउन २०८० १२:११
प्रतिक्रिया