संगीतकार सुरेश अधिकारीको गीतमाथिको प्रतिबन्ध हट्यो

हिमाल प्रेस १७ साउन २०८० ९:५०
2
SHARE
संगीतकार सुरेश अधिकारीको गीतमाथिको प्रतिबन्ध हट्यो

काठमाडौँ- रेडियो प्रसारक संस्थाहरूले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई प्रतिबन्ध लगाउने यसअघिको निर्णयलाई फिर्ता लिएका छन्।

मंगलबार संयुक्त वक्तव्य जारी गर्दै रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले उक्त निर्णयलाई आजैबाट फिर्ता लिएको जनाएका छन्।

सामाजिक सञ्जालमार्फत संगीतकार अधिकारीले आफ्ना विवादित अभिव्यक्ति फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको जनाइएको छ।

 

प्रकाशित: १७ साउन २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =