माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना थपिँदै

हिमाल प्रेस १७ साउन २०८० ७:०२
6
SHARES
माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना थपिँदै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना सदस्य थपिने भएका छन्। बुधबार (आज)देखि काठमाडौँमा सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकले नयाँ ३५ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने भएको हो।

माओवादी केन्द्रमा हाल ३ सय ८५ जना केन्द्रीय सदस्य र १ सय ९८ जना वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको केन्द्रीय कमिटीका एक नेताले बताए।

थप हुने केन्द्रीय सदस्यहरूमा पहिला माओवादी परित्याग गरी अन्य पार्टीमा गएका र नयाँ सदस्यहरू रहेका छन्।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने तयारी छ। केन्द्रीय कमिटी बैठकअघि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्दै छ।

यो पनि:

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

प्रकाशित: १७ साउन २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =