नाइटिंगेलका दुई विद्यार्थीले पाए जनही दुई लाख, स्कुललाई चार लाख पुरस्कार

हिमाल प्रेस १७ साउन २०८० ७:२७
462
SHARES
नाइटिंगेलका दुई विद्यार्थीले पाए जनही दुई लाख, स्कुललाई चार लाख पुरस्कार

ललितपुर- ललितपुर महानगरपालिकाले २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार ललितपुरमा आयोजित विशेष समारोहमा ६ वटा विद्यालय र १४ जना विद्यार्थीलाई सम्मानस्वरुप नगद प्रदान गरेका हुन्।

सम्मानित हुने प्रत्येक विद्यालयले चार लाख र सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन्। नाइटिंगेल स्कुलले चार लाख र ४ जीपीएसहित उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरू उत्सव झा र सुम्निमा घिमिरेले जनही दुई लाख नगद तथा प्रमाणपत्र पाएका छन्।

यस्तै सम्मानित हुने जेम्स स्कुलका आठजना विद्यार्थीमा आयुषा रेग्मी, अभिनव बस्नेत, अभ्युदयमान सिंह, अर्जित जोशी, विराज भुसाल, प्रणयगोविन्द अमात्य, श्रद्धा गिरी र शिलु रन्जित छन्। सेन्टमेरिजकी अदिति सुवदी, डीएभीकी आस्था ठाकुर, ब्राइट फ्युचरकी जेनिफर चौधरी, लिटिल एन्जल्सकी आस्था पण्डित पनि जनही दुई लाख र प्रमाणपत्र पाएका छन्।

महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘मलाई दोस्रो पटक चुनाव जितेको दिन भन्दा पनि धेरै खुसी लागेको छ।’ उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सफल बन्ने र धनी बनाउने शिक्षाभन्दा खुसी र सीपयुक्त शिक्षामा महानगरले जोड दिएको बताइन्।

प्रकाशित: १७ साउन २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =