काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
बुधबार (आज)बाट सुरु हुन लागेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बसेको हो।
बैठकले प्रतिवेदन पारित गरेपछि प्रज्ञा प्रतिष्ठानको सभा हलमा ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरु हुने बताइएको छ।
पाँच दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाही, मंसिरमा हुने विधान सम्मेलनको तयारीलगायत एजेन्डामाथि छलफल हुनेछ।
यो पनि:
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा
प्रकाशित: १७ साउन २०८० ८:४४ | Wednesday, August 2, 2023
प्रतिक्रिया




