असुरक्षित सुत्केरी, ढिला हुन्छ हवाई उद्धार

रमा केसी ३१ साउन २०८० १४:२१ | Wednesday, August 16, 2023
असुरक्षित सुत्केरी, ढिला हुन्छ हवाई उद्धार

सुर्खेत- भौगोलिक विकटताका कारण कर्णालीवासीले सधैँ स्वास्थ्य उपचारमा कठिनाइ झेल्दै आएका छन्। समयमा उपचार नपाएकाले नै उनीहरू ज्यान गुमाउन बाध्य छन्। गाउँनजिक स्वास्थ्य संस्था नहुँदा, यातायातको अभावमा समयमा उपचार पाउनसमेत मुस्किल बन्दै गएको छ।

टाढाको स्वास्थ्य संस्था नपुग्दै महिला बाटोमै सुत्केरी हुने र आमाबच्चा दुवैको ज्यान जोखिममा पर्ने समस्या त्यस्तै छन्। प्रसव पीडाले च्यापेपछि समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमा नै धेरै महिलाले बच्चा जन्माउने बाध्यता अझै उस्तै छ।

यही साउन १३ मा सुत्केरी व्यथा लागेको झण्डै २४ घण्टासम्म उपचार नपाउँदा रुकुमपूर्वमा आमा र शिशुको मृत्यु भयो। सिस्ने गाउँपालिका–१ भट्टेचौरकी २५ वर्षीया सपना बुढा र उनको नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निधन भयो।

शुक्रबार बिहानदेखि सुत्केरी बेथाले च्यापेकी सपनालाई आफन्तले स्थानीय स्वास्थ्य संस्थामा पु¥याइएका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहानमात्रै हेलिकोप्टरमार्फत सुर्खेत लगिएको थियो। ढिलो गरी अस्पताल पुर्‍याउँदा आमा र बच्चा दुवैको ज्यान गएको स्वास्थ्यकर्मीहरूले बताए।

धेरै रक्तस्राव, लामो समयसम्म सुत्केरी बेथा लागेर पाठेघर खस्ने जस्ता समस्याका कारण सुत्केरीको ज्यान जोगाउन मुस्किल हुने प्रदेश अस्पतालको नर्सिङ प्रमुख शकुन्तला सापकोटाले बताइन्। ‘कर्णालीका दुर्गम जिल्ला हुम्ला, डोल्पा, जुम्ला, मुगु, रुकुमपश्चिम, जाजरकोट र दैलेखबाट सुत्केरीका धेरै केस आउने गरेका गरेका छन्,’ उनले भनिन्, ‘हवाई उद्धार गरिएका सुत्केरीको विशेष टिमले हेरचाह गर्ने गर्छ।’

कर्णालीका दुर्गम जिल्लामा अझै पनि सडक पुगेकै छैन। सडक पुगेका ठाउँमा पनि वर्षायाममा सवारीसाधन पुग्न नसक्दा बिरामीले सास्ती खेप्ने गरेका छन्।

स्वास्थ्य संस्था टाढाटाढा हुँदा सुत्केरीले हिँडेरै त्यहाँसम्म पुग्नुपर्ने हुन्छ। आउजाउ गर्दासमेत उनीहरूलाई गाह्रो हुन्छ। नियमित स्वास्थ्य परीक्षण र प्रसूति सेवा नपाउँदा थुप्रै महिलाले ज्यान गुमाइरहेको जनस्वास्थ्य सेवा कार्यालयका निमिक्त प्रमुख गणेशभक्त गौतमले बताए। स्टेचर नहुनु, यातायातमा सहज पहुँच नहुनु, प्रसूति केन्द्रमा दक्ष स्वास्थ्यकर्मी नहुनु, मापदण्डबमोजिम प्रसूति केन्द्र नहुनु आदि यहाँका सुत्केरीहरूले भोग्ने मुख्य समस्या भएको गौतमको भनाइ छ।

कर्णालीमा ५७ वटा स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने गरेको उनले जानकारी दिए। त्यस्तै कर्णाली प्रदेश अस्पतालमा चालु आर्थिक वर्ष २०७९/८० मा ४९ जना सुत्केरी महिलाको हवाई उद्धार भएको तथ्यांक छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा आठ जना सुत्केरी महिलाको उद्धार गरिएको थियो भने २०७८–०७९ मा ४२ जना सुत्केरी महिलाको ज्यान बचाउन सफल भएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए।

बाटोमै जन्मिन्छन् बच्चा

 

प्रकाशित: ३१ साउन २०८० १४:२१ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast