मोटरसाइकलको हेडलाइटमा लागुऔषध, ९ जना पक्राउ

हिमाल प्रेस १४ साउन २०८० १५:३९
18
SHARES
मोटरसाइकलको हेडलाइटमा लागुऔषध, ९ जना पक्राउ फाइल तस्बिर।

धनगढी- प्रहरीले लागुऔषध काराेबारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट गरी प्रहरीले लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको हो। धनगढीका दुई युवाले भने लागुऔषध लुकाउन अनौठो आइडिया लगाएका छन्।

मोटरसाइकलको हेडलाइट र इन्जिनको प्लगभित्र लागुऔषध लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेकाे छ। प्रहरीले टीकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट दुई मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका-१ का २४ वर्षीय आवाश भट्टराई र सोही स्थानका २५ वर्षीय जीवन रावललाई शनिबार साँझ पक्राउ गरेको छ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो। त्यस्तै धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट ६५० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका-८ का २१ वर्षीय विवेक चौधरी पनि शनिबार साँझ नै पक्राउ परेका हुन्। सोही स्थानबाट ११० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका-१ का २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई समेत शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ। त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदाबाट १.२० ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका-३ मिलनचोकका २८ वर्षीय प्रदिप पाख्रिन र धनगढी उपमहानगरपालिका-१ का ३३ वर्षीय बिकल मगर शनिबार साँझ पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो। मोटरसाईकलको हेडलाईट प्लक र ईन्जिन प्लकभित्र लागुऔषध लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेपछि मोटरसाईकलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ।

त्यस्तै कञ्चनपुरकाे भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पनि 0.२५ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका-२ बसन्थलाका २७ वर्षीय धिरेन्द्र रावल र सोही स्थानका ३० वर्षीय ईश्वर चटौतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो।

प्रकाशित: १४ साउन २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =