चियानी नाइजरको नयाँ नेता घोषित

हिमाल प्रेस १२ साउन २०८० २१:४४
10
SHARES
चियानी नाइजरको नयाँ नेता घोषित

नियामी- नाइजरको प्रेसिडेन्सियल गार्डका नेता जनरल अब्दूरहामाने चियानीलाई ‘नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्ड’ को अध्यक्ष नियुक्त गरिएको सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ।

देशको रक्षा तथा सुरक्षा बल (एफडीएस)ले बुधबार सरकारी टेलिभिजनमा प्रसारित एक प्रेस विज्ञप्तिमार्फत राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्त गरेको जानकारी गराएको थियो।

सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको हो। सैन्य टोलीले राष्ट्रपति बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको र देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ।

एफडीएस र नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्डका सदस्य कर्णेल मेजर अमादोउ अब्द्रामानेले भने, ‘देशको सुरक्षा स्थितिको निरन्तर खस्कँदो अवस्था, कमजोर आर्थिक र सामाजिक प्रशासनका कारण यो कदम लिइएको हो।’

अफ्रिकी तथा अन्य अन्तर्राष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली संघ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन्। ( रासस/सिन्ह्वा

प्रकाशित: १२ साउन २०८० २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =