‘साउनको महिना हातभरी चुरा’

हिमाल प्रेस १० साउन २०८० १२:२१
148
SHARES
‘साउनको महिना हातभरी चुरा’

काठमाडौँ- साउनको अवसरमा राज सिग्देल र सुश्मा ग्रेसको स्वरमा ‘साउनको महिना हातभरी चुरा’ बोलको गीत सार्वजनिक भएको छ।

दधि अधिकारीको शब्द र सुधीर अधिकारीको संगीत रहेको गीतमा साउनमा नारीहरुले लगाउने हरियो, रातो, पहेलो रंगका चुरा, पोते, धागो र कपडालाई बिम्ब बनाइएको छ।

गीतको संगीत संयोजन सञ्जय हमालले गरेका छन्। प्रहिल कार्की निर्देशित गीतको भिडियोमा आभा थापा र कमल सिंहको अभिनय छ।

भिडियो उत्तम हुमागाईंको छायांकन र राकेश दाहालको सम्पादनमा बनेको छ। गीत क्रियटिभ ह्याट्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

प्रकाशित: १० साउन २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =