चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु

हिमाल प्रेस ८ साउन २०८० ९:१४
8
SHARES
चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु फाइल तस्बिर।

चितवन– चितवनमा जंगली जनावरका कारण गत आर्थिक वर्ष २०७९/०८० मा १२ जनाले ज्यान गुमाएका छन्।

तीमध्ये बाघ र गैंडाको आक्रमणबाट ५/५ जना र हात्तीको आक्रमणबाट २ जना रहेका छन्।

मृतकका परिवारहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

जंगली जनावरको आक्रमणका कारण ३१ जना गम्भीर घाइते र २७ जना सामान्य घाइते भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चका लागि ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई ४ लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।

हात्तीको आक्रमणबाट १७, गैंडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट ७ , जंगली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

यस्तै जंगली जनावरका कारण २ सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ। यसको राहत स्वरूप ३१ लाख ३८ हजार ४ सय प्रदान गरिएको छ।

भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ।

यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए।

जसको क्षतिबापत २ लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ।

यस्तै अन्नबालीमा क्षति ५ सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरूप निकुञ्जले ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८ सय ५६ घटना भएका छन्।

यसको राहतस्वरूप निकुञ्जले २ करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =