सुन प्रकरणलाई निष्पक्ष ढंगले निष्कर्ष पुर्‍याउँछौँ : गृहमन्त्री

हिमाल प्रेस ४ साउन २०८० २१:१०
8
SHARES
सुन प्रकरणलाई निष्पक्ष ढंगले निष्कर्ष पुर्‍याउँछौँ : गृहमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन्। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताएका हुन्।

उनले यस्ता घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन एवं निर्दोष नफसून भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि बताए। उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने आश्वासनसमेत दिए। अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ थियो।

‘यो विषय अहिले त्यति चर्चा गर्न उपयुक्त ठान्दिन। तर तथ्य के हो भने आगमन पछाडि प्रहरीको कुनै ठाउँमा भूमिका हुँदैन,’ उनले भने, ‘त्यहाँ कस्टम क्लिअरेन्समा पनि हुँदैन। त्यसकारण हाम्रो छलफल पहिलादेखिनै सुरु भएको थियो कि त्यहाँ कस्टममा पनि क्लिअरेन्समा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन गर्न उचित हुन्छ भनेर हामीले यस भन्दा अगाडिनै प्रस्ताव राखिराखेका छौं।’

उनले अवैधानिक रुपमा भित्र्याइएका, कतिपय ट्रकमा ल्याइएका सामानहरू पनि प्रहरीले पक्रेर बुझाउँदा सम्बन्धित निकायले प्रहरीकै रोहबरमा खोलिदिने गर्‍यो भने उपयुक्त हुन्छ भनेर प्रस्ताव पनि अर्थ मन्त्रालयसँग गरिसकेको बताए। ‘त्यसकारण यसबारेमा अहिलेसम्म भएको कार्यविभाजनलाई नयाँ ढंगले छलफल गरेर, समन्वय गरेर अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने हाम्रो हो,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्‍याए।

प्रकाशित: ४ साउन २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =