तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस ८ भदौ २०८० २१:१४
14
SHARES
तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन्।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज (शुक्रबार) आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताएका हुन्।

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन्। तर आमजनता यो अभियानबाट खुसी भएका छन्। लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।

प्रकाशित: ८ भदौ २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =