बीएमडब्लूको विद्युतीय ‘आईएक्स–३’ नेपालमा

हिमाल प्रेस १ साउन २०८० १७:०१
36
SHARES
बीएमडब्लूको विद्युतीय ‘आईएक्स–३’ नेपालमा

काठमाडौँ– जर्मन प्रिमियम कार बीएमडब्लूको ‘आइएक्स–३’ मोडल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि बीएमडब्लूको आधिकारिक विक्रेता लक्ष्मी प्रिमियम मोटर्सले विद्युतीय मोडलको ‘आईएक्स–३’ नेपाल ल्याएको हो।

यो मोडल यसअघि पेट्रोल भर्सनमा मात्रै उपलब्ध थियो। स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) सेग्मेन्टको आईएक्स–३ विश्व बजारमा सफल मोडल मानिन्छ।

यसमा ८० किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर जडान गरिएको छ। यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग भएको कम्पनीले जानकारी दिएको छ। यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ।

८० किलोवाट आवरको ब्याट्रीले एकपटकको चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने क्षमता राख्छ।

हर्मोन कार्डनको साउन्ड सिस्टम भएको गाडीमा १६ वटा स्पिकर प्रयोग गरिएको छ। यसमा पानारोमिक ग्लास रुफ र २० इन्चको एरोडाइनामिक ह्वील दिइएको छ।

ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट र लेदर र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील रहेको छ।

प्रकाशित: १ साउन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =