‘दोहोरी आइकन्स’ प्रसारण हुँदै, निर्णायकमा कोमल वलीसहित तीन जना

हिमाल प्रेस १ साउन २०८० १३:३९
12
SHARES
‘दोहोरी आइकन्स’ प्रसारण हुँदै, निर्णायकमा कोमल वलीसहित तीन जना

काठमाडौँ– टेलिभिजन शो ‘दोहोरी आइकन्स’ प्रसारण हुने भएको छ। एजे इन्टरटेनमेन्टको आयोजनामा उक्त शो प्रसारण हुने भएको हो।

लोकदोहोरी संरक्षण र प्रवर्द्धनको उद्देश्यले कार्यक्रम प्रसारण लागिएको आयोजकले बताएको छ। केही सातापछि डिजिटल र अनलाइनमार्फत अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ।

योहो टेलिभिजनबाट प्रसारण गरिने यस कार्यक्रमको निर्णायक मण्डलमा लोकगायक कोमल वली, कुलेन्द्र विश्वकर्मा र पशुपति शर्मा रहनेछन्।

पीएन सापकोटा र शोभा त्रिपाठीले होस्ट गर्ने उक्त शोमा विजेताले २५ लाख रूपैयाँ पुरस्कार र वर्ल्ड टुरको टिकट पाउने छन्।

प्रकाशित: १ साउन २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =