‘ऊनको स्वीटर’ मा विपिन र मिरुना

हिमाल प्रेस १ साउन २०८० १२:२०
8
SHARES
‘ऊनको स्वीटर’ मा विपिन र मिरुना

काठमाडौँ– फिल्म ‘ऊनको स्वीटर’ बन्ने भएको छ। फिल्मको शीर्ष गीत र पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले औपचारिक घोषणा गरेका हुन्।

आर्टमान्डुले निर्माण गर्ने फिल्ममा मुख्य कलाकार विपिन कार्की र मिरुना मगर रहनेछन्। फिल्ममा एलेक्स पारस र परीक्षा लिम्बू पनि छनोट भइसकेका छन्।

अन्य कलाकार छनोट हुन बाँकी रहेको आर्टमान्डुले जनाएको छ। फिल्म आगामी मंसिरमा छायांकन गरिने निर्माण टिमले बताएको छ।

वर्तमान स्थितिलाई मध्यनजर गर्दे सामाजिक विषयवस्तु र प्रेम कथामा बन्ने फिल्म नवीन चौहानले निर्देशन गर्नेछन्।

फिल्म कृष्ण भण्डारीको सम्पादन, चिन्तनराज भण्डारीको छायांकन, सुजन चापागाईं र गायिका झुमा लिम्बूले संगीत रहने जनाइएको छ।

प्रकाशित: १ साउन २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =