प्रधानमन्त्री पत्नी सीतालाई श्रद्धाञ्‍जली दिन नेताहरू नर्भिकमा [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ असार २०८० ९:५१ | Wednesday, July 12, 2023
प्रधानमन्त्री पत्नी सीतालाई श्रद्धाञ्‍जली दिन नेताहरू नर्भिकमा [तस्बिरहरू]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन राजनीतिक दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अस्पताल पुगेर दाहाललाई श्रद्धाञ्जलि दिएका छन्। यसैगरी  कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासहित नर्भिक पुगेका छन्। पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी नेता देव गुरुङ, पूर्वसभामुख अग्निप्रसाद सापकोटालगायतका नेताहरू, मन्त्रीहरू नर्भिक पुगेका हुन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, सांसदहरू, माओवादी कार्यकर्ताहरू नर्भिक पुगेका छन्।

दाहाल पत्नी सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन्। सीतालाई बुधबार बिहान ८ बजे हृदयाघात भएपछि अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको नर्भिक अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रद्धाञ्जलिका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ।

अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने भएको छ।

प्रकाशित: २७ असार २०८० ९:५१ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast