निरंकुश सत्ता फाल्न पुष्पलालको ठूलो योगदान : माधव नेपाल

हिमाल प्रेस २५ असार २०८० १२:२८
8
SHARES
निरंकुश सत्ता फाल्न पुष्पलालको ठूलो योगदान : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पुष्पलाललाई नेपाली राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गर्दै उनको योगदानबारे युवापुस्तालाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ।

कम्युनिष्ट आन्दोलनको जन्मदाता, संस्थापक मात्रै नभई पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको उनले उल्लेख गरे।

‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्छ। कम्युनिष्ट आन्दोलनको जन्मदाता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने।

पुष्पलालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म तत्कालीन निरंकुश सत्ता फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सारेकाले नै निरंकुश सत्ता फाल्न सफल भइएको उनले स्मरण गरे।

‘उहाँका योगदानलाई अझै हामीले युवा पंक्तिमा पुर्‍याउनसकौं, उहाँको प्रेरण लिन उत्प्रेरित गर्नसकौं,’ उनले भने।

प्रकाशित: २५ असार २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =