कोशीमा थपिएका तीन मन्त्रीले लिए शपथ

हिमाल प्रेस २४ असार २०८० १२:२५
कोशीमा थपिएका तीन मन्त्रीले लिए शपथ

इटहरी– कोशी प्रदेशमा आइतबार मन्त्री नियुक्त तीन जनाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

नेकपा माओवादी केन्द्रका जीवन आचार्य, राजेन्द्र कार्की र नेपाली कांग्रेसका रामकुमार खत्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज नै शपथ ग्रहण गराएका हुन्।

बिहीबार मुख्यमन्त्री नियुक्त कांग्रेस संसदीय दलका नेतासमेत रहेका उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर दोस्र पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि शुक्रबार मुख्यमन्त्री थापाले दुई जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका थिए।

यससँगै कोशी प्रदेश मन्त्रिपरिषद्को सदस्य संख्या ६ पुगेको छ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् । यस्तै, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।

सभामुख बाबुराम गौतमको समर्थनमा बहुमत पुर्‍याएर बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्री नियुक्त गरेका थिए।

यो पनि:

कोशी प्रदेशमा तीन मन्त्री थपिँदै, नेकपा एसबाट परेनन्

प्रकाशित: २४ असार २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =