तीन दिनपछि कर्णाली खुल्यो करिडोर

हिमाल प्रेस २३ असार २०८० २०:४६
10
SHARES
तीन दिनपछि कर्णाली खुल्यो करिडोर प्रतिनिधिमूलक तस्बिर।

मान्म- तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर शनिबार खुलेको छ। कोरिडो यसअघि वर्षाका कारण बन्द भएको थियो। ठाउँ–ठाउँमा आएको पहिरोका कारण कर्णाली करिडोर बन्द भएको तीन दिनपछि खुलेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जानकारी दिएको छ।

तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए।

‘करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ,’ उनले भने, ‘सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ।’ वर्षायामको बेला कर्णाली करिडोर निकै जोखिम हुने गरेको छ। रासस

प्रकाशित: २३ असार २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =