भारतीय गुलामहरूले देश चलाइरहेछन् : बालेन

हिमाल प्रेस २१ असार २०८० २१:४३
22
SHARES
भारतीय गुलामहरूले देश चलाइरहेछन् : बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भारतीयले गुलामले देश चलाइरहेको बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले दिल्लीको आदेश मान्ने सांसदहरूको सरकारमा बहुमत रहेको आरोप लगाएका हुन्।

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लाग्यो, दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा,’ उनले भने, ‘भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा? र, म मात्र अदालतको अवहेलनामा?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएपछि विरोध भइरहेको छ। बुधबारको संसद् बैठक पनि एमालेलगायतका विपक्षी दलले अवरुद्ध गरेका थिए।

सोही विषयलाई लिएर मेयर बालेनको यस्तो अभिव्यक्ति आएको हो।

प्रकाशित: २१ असार २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =