प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २१ असार २०८० १७:२२
4
SHARES
प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने बताएकी छन्। उनले प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने बताइन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसकेकाले पनि बतान्। ‘प्रधानमन्त्रीले धेरै पहिलेको प्रसंग उल्लेख गर्नुभएको हो। सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने विषय उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ। प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन।’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरब्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको पनि बताइन्। ‘एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन’ उनले भनिन्।

प्रकाशित: २१ असार २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =