नेपाल युवा उद्यमी मञ्च ललितपुरमा नयाँ कार्यसमिति

हिमाल प्रेस २० असार २०८० १९:२१
12
SHARES
नेपाल युवा उद्यमी मञ्च ललितपुरमा नयाँ कार्यसमिति

काठमाडौँ- नेपाल युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा सुबिन श्रेष्ठ निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाबाट उनी ललितपुर च्याप्टरको अध्यक्षमा निर्वाचित भएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसमेतकाे उपस्थितिमा भएको साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिन श्रेष्ठलाई संस्थाको नेतृत्व हस्तान्तरण गरे।

साधारणसभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन्। नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको छ।

प्रकाशित: २० असार २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =