घोराही सिमेन्टको आईपीओ खोल्ने बोर्डको निर्णय

हिमाल प्रेस २० असार २०८० १९:००
14
SHARES
घोराही सिमेन्टको आईपीओ खोल्ने बोर्डको निर्णय

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया खोल्ने निर्णय गरेको छ। आईपीओ बिक्रीमा चलखेल भएको भन्दै बोर्डले असार ४ गते प्रक्रिया रोकेको थियो। तर उक्त विषयको अनुसन्धान निष्कर्षमा नपुगी पुनः आईपीओ खोल्ने निर्णय गरिएको छ।

बोर्डले सेयर निष्काशनको लागि समय थप्न सक्ने निर्णय पनि गरेको छ। यसअघि असार ४ मा आईपीओ आवेदनको मिति सकिए पनि कम्पनीले तीन दिनको समय थप गरेको थियो।

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार तोकिएको समयमा सेयर बिक्री नभएमा बढीमा १५ दिनको समय थप्न सक्ने व्यवस्था छ।

बुधबार बोर्डले घोराही सिमेन्टको आवेदन दिने समय तीन दिन दिने निर्णय गरेको छ। यो समयमा मागअनुसारको आवेदन नपरेमा एक साता समय थप गर्न सक्ने बोर्डले जनाएको छ।

बोर्डले घोराही सिमेन्टमा यसअघि सी आस्वा प्रणालीबाट आवेदन दिएकाहरूले आवेदन फिर्ता लिन, सेयर थप्न वा घटाउन पाउने व्यवस्था पनि गरेको छ।

प्रकाशित: २० असार २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =