सिट्रोन ई सी थ्रीको बुकिङ सुरु, सुरुवाती मूल्य ३२ लाख ९९ हजार

हिमाल प्रेस २० असार २०८० १४:०८
8
SHARES
सिट्रोन ई सी थ्रीको बुकिङ सुरु, सुरुवाती मूल्य ३२ लाख ९९ हजार

काठमाडौँ– फ्रेन्च कार निर्माता सिट्रोनले निर्माण गरेको सिट्रोन ई सी थ्रीको बुकिङ सुरु भएको छ।

नेपालका लागि सांग्रिला मोटर्स सिट्रोन गाडीको आधिकारिक विक्रेता हो। गाडी बुकिङका लागि एक लाख रुपैयाँ आवश्यक पर्ने कम्पनीले जनाएको छ।

ई सी थ्रीमा २९.२ किलोवाट आवर्स ब्याट्री प्याक उपलब्ध छ। यो गाडीले ५७ हर्षपावर र १४३ एनएमको उच्चतम टर्क उत्पादन गर्न सक्छ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधा सहितको यो गाडीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर असिस्ट सिस्टम रहेको छ।

नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ मोडल उपलब्ध छन्। लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार तोकिएको छ।

प्रकाशित: २० असार २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =