झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

हिमाल प्रेस २० असार २०८० १३:३१
4
SHARES
झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते प्रतीकात्मक तस्बिर।

झापा- गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। चट्याङमा दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा गौरीगञ्ज–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

घटनामा भारतको फूलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रवक्ता रिजालले जानकारी दिए।

प्रकाशित: २० असार २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =