कन्सर्टका कारण चर्चामा टेलर स्विफ्ट

हिमाल प्रेस १९ असार २०८० १६:४५
10
SHARES
कन्सर्टका कारण चर्चामा टेलर स्विफ्ट

काठमाडौँ- अमेरिकी पपगायिका टेलर स्विफ्ट हिजोआज चर्चामा छिन्। उनी आफ्नो सांगीतिक कार्यक्रम ‘इराज टुर’का लागि चर्चामामा आएकी हुन्। कन्सर्टको टिकट मूल्य र एक दिनको कमाईका लागि उनको चर्चा भइरहेको हो।

आगामी २२ तारिख हुने कन्सर्टका लागि उनले अहिलेसम्म तीन सय मिलियन डलरभन्दा बढी कमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनको कन्सर्टको टिकट मूल्यले सबैलाई आश्चर्यमा पारेको छ। तैपनि उनका प्रशंसकले महँगो मूल्य तिरेर पनि टिकट किनिरहेका छन्।

अमेरिकी प्रतिष्ठित पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ पनि स्विफ्टको कन्सर्टबारे लेखेको छ। कुनै सांगीतिक कार्यक्रममा हरेक दिन सर्वाधिक कमाउने संगीतकर्मीको कीर्तिमान उनले राख्न सक्ने पत्रिकाले जनाएको छ। कन्सर्टमा हरेक दिन ५४ हजारभन्दा बढी प्रशंसक जम्मा हुने पनि पत्रिकामा उल्लेख छ। यस सांगीतिक कार्यक्रमबाट स्विफ्टले एक बिलियन डलर कमाउने अनुमान गरिएको छ।

प्रकाशित: १९ असार २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =