‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १९ असार २०८० १५:१५
2
SHARE
‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक

काठमाडौँ- बलिउड फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ। धर्मा प्रोडक्सनको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

प्रेम कथामा आधारित फिल्ममा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा छन्। फिल्मको कथावस्तु पनि उनीहरूकै प्रेममा आधारित छ।

फिल्म २८ जुलाई अर्थात् आगामी साउन १२ मा  प्रदर्शन हुनेछ। इशिता मौत्रा, शशांक खेतान र सुमित रायको लेखन रहेको फिल्म करण जोहरले निर्देशन गरेका छन्। फिल्ममा रणवीर र आलियासहित धर्मेन्द्र, जया बच्चन र शबाना आजमीलगायत कलाकारको अभिनय छ। फिल्म हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको संयुक्त लगानीमा बनेको छ।

प्रकाशित: १९ असार २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =